Thu. Jun 30th, 2022

सिद्धलेकको अध्यक्षमा काँग्रेसका खतिवडा र उपाध्यक्षमा नेकपा एसकी अर्याल विजयी


धादिङ : धादिङकोे सिद्धलेक गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार परशुराम खतिवडा विजयी भएका छन् । उनले ७ हजार ९ सय ५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार प्रेमनाथ सिलवालले ६ हजार १ सय ७१ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार सविता अर्याल विजयी भएकी छन् । उनले ७ हजार ३ सय ६२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेकी उम्मेदवार कमला शर्माले ६ हजार २ सय १२ मत प्राप्त गरिन् ।

गाउँपालिकाको वडा नं १ माओवादीका पेमा वाङग्याल लामा, वडा नं २ मा नेपाली काँग्रेसका शम्भु गुरुङ, वडा नं ३ मा नेकपा एमालेका देवबहादुर पुलामी, वडा नं ४ मा एमालेकै झंकबहादुर थापा मगर, वडा नं ५ मा माओवादीका बुध घले, वडा नं ६ मा एमालेका सुरेन्द्र कुमार मगर, वडा नं ७ मा काँग्रेसका सानो गिरी निर्वाचित भएका छन् ।

Loading...