Thu. Jun 30th, 2022

त्रिपुरासुन्दरीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी


धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजु उप्रेती विजयी भएका छन् । उनले ६ हजार ७ सय ७१ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार उमेशकुमार थापा क्षेत्रिले ५ हजार १ सय २६ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवराज धरेल विजयी भएका छन् । उनले ६ हजार ३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार संगीता कुमालले ५ हजार २ सय १० मत प्राप्त गरिन् । अध्यक्ष, उपाध्यक्षमा निर्वाचितहरु गठबन्धनका उम्मेदवारहरु हुन् ।

गाउँपालिकाको वडा नं १ मा नेपाली काँग्रेसका भीमप्रसाद भट्ट, वडा नं २ र ३ मा क्रमशः नेकपा एमालेका उम्मेदवारहरु कृष्णबहादुर खत्री र कमल बहादुर थापा विजयी भएका छन् । वडा नं ४ मा कपिलदेव सिम्खडा, वडा नं ६ मा हरि विक, वडा नं ७ मा सुवास अधिकारी माओवादी केन्द्रबाट उम्मेदवार भई विजयी भएका छन् ।

Loading...