Thu. Apr 24th, 2025

नीलकण्ठ ६ को गोलाप्रथामा काँग्रेसका श्रेष्ठ विजयी

धादिङ – नीलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्षका प्रत्यासीहरु दुइ जनाको बराबरी मत आएपछि गोला प्रथा गरिएको छ । गोला प्रथाबाट नेपाली काँग्रेसका उम्मेद्वार भुपेन्द्र श्रेष्ठ भाग्यमानी बनेका छन् ।

वडा न ६ को मतगणना गर्दा नेपाली काँग्रेसका उम्मेद्वार श्रेष्ठ र नेकपा माओवादी केन्द्रका उम्मेद्वार लक्ष्मण रम्तेल दुवैजनाको बराबर ७ सय ५८ मत आएको थियो ।

वडा अध्यक्षमा बराबर भएपनि ४ वटा वडा सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।

नामको बर्णानुक्रम अनुसार पहिले भुपेन्द्रले गोला थुत्दा विजयी भएको बताइएको छ ।

यो वडामा २०७४ सालमा नेकपा एमालेका उद्धव रिजाल विजयी भएका थिए । यस पटक एमाले तेस्रो स्थानमा पुगेको छ ।

About The Author

अन्य समाचारहरु: