Fri. Mar 29th, 2024

धादिङका १३ वटै पालिका प्रमुखले लिए सपथ

धादिङ– धादिङका नवनिर्वाचित प्रमुखहरुले आज सथप लिएका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जिल्लाको १३ वटै पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

धादिङमा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका छ । सपथ ग्रहणपछि प्रमुखहरुले पालिकालाई समृद्ध बनाउनुको साथै विकास निर्माण र सामाजिक न्यायको कामलाई सँगसँगै अघि बढाउने बताएका छन् ।

सुशासन कायम राख्दै भ्रष्ट्राचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । धादिङमा नेपाली कांग्रेसले ७, नेकपा एमालेले २, नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकिकृत समाजवादीले १ वटा पालिका प्रमुख जितेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: