Thu. Jun 30th, 2022

त्रिपुरासुन्दरीका जनप्रतिनिधिहरुले लिए सपथ

धादिङ– त्रिपुरासुन्दरी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले आज सथप लिएका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट त्रिपुरासन्दरी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित देवराज धरेललाई नवनिर्वाचित अध्यक्ष राजु उप्रेतीले सपथ ग्रहण गराएका हुन् ।

गाउँपालिकाको सात वटै वडामा निर्वाचित वडा अध्यक्ष र सदस्यहरुले पनि आजै सपथ लिएका छन् । त्रिपुरासुदरी गाउँपालिकाको निर्वाचन अधिकृत गोपाल लामिछानेले वडामा निर्वाचित सबै जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा धादिङका मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवाली, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, जिल्ला निर्वाचन अधिकारी सन्तोष श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख (एसपी) राकेश सिंहलगायत सुरक्षा निकायका प्रतिनिधि र दलका नेताहरु सहभागी थिए ।

Loading...