Thu. Mar 28th, 2024

थाक्रे र बेनिघाटमा नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिए

धादिङ– थाक्रे र बेनिघाट रोराङ गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले बुधबार सपथ लिएका छन् ।

थाक्रेको उपाध्यक्षमा निर्वाचित यन्त्र बहादुर थापालाई नवनिर्वाचित अध्यक्ष रामकुमार आचार्यले सपथ ग्रहण गराएका हुन् । बेनिघाटको उपाध्यक्षमा निर्वाचित टापबहादुर श्रेष्ठलाई नवनिर्वाचित अध्यक्ष कृष्ण बहादुर थपलियाले सपथ ग्रहण गराएका हुन् ।

थाक्रे र बेनिघाटका सबै वडामा निर्वाचित वडा अध्यक्ष र सदस्यहरुले पनि बुधबार नै सपथ लिएका छन् । गाउँपालिकाको निर्वाचन अधिकृतले दुबै पालिकामा छुट्टाछुट्टै कार्यक्रम गरेर वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षसहित जनप्रतिनिधिहरुको पदबहाली पनि भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: