Fri. Dec 6th, 2024

भूकम्पले उत्तरी धादिङका ५ गाविसमा सबैभन्दा बढी क्षति

dhdiang earthequal jhokim basti 1

धादिङ – भूकम्पले धादिङ जिल्लाका सबैजसो बस्तीहरुमा क्षति पुगेको छ ।

त्यसमध्ये पनि उत्तरी धादिङको विकट बस्तीहरुमा बढि क्षति पुगेको छ । सडक सञ्जालले नछोएको उत्तरी धादिङका ५ गाँउ विकास समितिहरुमा मात्रै १ सय ६३ जनाको मृत्यु भएको छ । उत्तरी धादिङको लापा, सेर्तुङ, रि, झार्लाङ र तिप्लिङ गाँउ विकास समितिहरुमा बढी क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी प्रकाश मल्लका अनुसार, ‘विकट क्षेत्र रहेको र भुकम्प पश्चात तत्काल उद्धार गर्न नसकिएकाले पनि उत्तरमा बढी मानविय क्षति भएको हो । भुकम्पले गर्दा उत्तरी क्षेत्रका धेरैजसो बस्तीहरुमा पहिरोको जोखिम बढेको छ । डाँडा तथा पहिरो मुनी रहेका अधिंकास बस्तीहरु त विस्थापित नै भएका छन । जिल्लामा गठित सभाषदहरुको पुनस्थापना सिफारिस समितिले पनि उत्तरी क्षेत्रका ४७ गाउँलाई असुरक्षित ठहर गरेर जिल्ला दैवि प्रकोप उद्धार समिति मार्फत कुन कुन ठाँउमा पुनस्र्थापना गर्ने हो त्यसको कार्ययोजना बनिसकेको जानकारी दिएको छ ।

उत्तरी धादिङका ७ सय ५० भन्दा बढी घरधुरीका परिवारहरु गाउँमा बस्नै नसक्ने भएपछि विस्थापित भएर अहिले सदरमुकाम आसपासका सार्वजनिक तथा तथा ब्यक्तिको जग्गामा त्रिपाल टाँगेर बस्दै आएका छन । सरकारले भूकम्प प्रभावित धादिङका १ हजार ६ सय ४२ घरधुरीलाई सुरक्षित स्थानमा सारिने निर्णय गरेको छ ।

About The Author

अन्य समाचारहरु: