Fri. Mar 29th, 2024

सुर्तीजन्य पदार्थ सेवनबाट नेपालमा दैनिक ७५ जनाको मृत्यु

काठमाडौ – नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट प्रतिदिन ७५ जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को समन्वयमा एक्सन नेपालले गरेको अनुसन्धानमा नेपालमा प्रत्येक वर्ष २७ हजार १ सय ३७ जनाको सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगबाट मृत्यु हुने गरेकोे पाइएको हो । यो संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ । यसरी हेर्दा विश्वमा हरेक दिन १९ हजार मानिसको मृत्यु हुन्छ ।

पछिल्लो समय क्यान्सर, रक्तचाप, क्षयरोग, मस्तिष्कघात, हृदयाघातजस्ता रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ भएको चिकित्सकहरु बताउँछन् ।

सुर्तीजन्य पदार्थमा कर
सुर्तीजन्य पदार्थमा कर बढाउँदा यसको सेवनमा कमी आउने चिकित्सकले बताएका छन् । नेपालमा हाल सुर्तीजन्य पदार्थमा २५ प्रतिशत कर लगाइएको छ ।

त्यस्तै, नेपाल सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा न्यूनीकरणका लागि कर वृद्धि गर्ने तयारीसमेत गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशत कर पु¥याउन सुझाव दिएको छ ।

नेपालमा सुर्तीजन्य पदार्थमा २५ देखि २७ प्रतिशतको हाराहारीमा कर लगाइएको छ भने थाइल्यान्डमा ६७, बंगलादेशमा ६१ र श्रीलंकामा ६३ प्रतिशत कर लगाइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: