
धादिङ : पृथ्वी राजमार्ग अन्तरगत धादिङको थांक्रे गाउँपालिका–१ ढाँडेमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
काठमाण्डौंबाट गजुरी तर्फ जाँदै गरेको गरेको ना ६ ख १२७२ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको बागमती प्रदेश ०३–००१ ह १८१७ नम्बरको अटोलाई ठक्कर दिएको हो ।
दुर्घटनामा अटो चालक नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्से घर भई बेलकोटगढी नुवाकोट बस्ने ३० वर्षका कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।