Sun. May 19th, 2024

आगो लगाएर एकल महिलाको हत्या

दार्चुला — दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलमा आगो लगाएर एकल महिलाको हत्या गरिएको छ ।

बुधबार बारिलकी ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार घर नजिकैको खरको लुटो ९कुन्यु० मा आगो लगाएर ती महिलाको हत्या गरिएको छ ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी डीएसपी प्रतिक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरिसको छ । घटनाको अनुसन्धानका लागि प्रहरी चौकी बलाच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट पनि टोली परिचालन गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।

घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिइएको बताइएको छ । महिलाका श्रीमान् सात वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा रहेको बुझिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: