Tue. Mar 19th, 2024

४० वर्षपछि कुवेतविरुद्ध नेपालको गोल

काठमाडौ – नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो उपस्थित जनाउन थाले पनि त्यसलाई फुटबलको सर्वोच्च निकाय फिफाको मान्यता थिएन।

अखिल नेपाल फुटबल संघ एन्फा लाई सन् १९७२ मा फिफाले मान्यता दिएपछि भने नेपालले खेलेका खेले पनि अन्तर्राष्ट्रिय मान्यता पाउन थाले।

फिफाले मान्यता दिएको १० वर्षसम्म नेपालले अन्तर्राष्ट्रिय गोल गर्न भने सकेन। सन् १९८२ को एसियन गेम्समा भने नेपालले अन्तर्राष्ट्रिय गोलको खडेरी तोड्यो।

नयाँ दिल्लीमा भएको एसियन गेम्सको फुटबलतर्फ नेपाल समूह ‘बी’ मा परेको थियो। नेपालको समूहमा कुवेत, इराक र म्यानमार थिए।

नेपालले पहिलो खेल २१ नोभेम्बर १९८२ मा कुवेतविरूद्ध नयाँ दिल्लीमा खलेको थियो। सो खेलमा नेपाल ३-१ गोलले पराजित भए पनि इतिहास रच्न सफल भएका थियो।

सन् १९८२ को विश्वकपमा छनोट हुन सफल टिम कुवेतविरूद्ध वाइबी घलेले नेपालका लागि गोल गरेका थिए।

सो गोल नेपालले गरेको पहिलो आधिकारीक अन्तर्राष्ट्रिय गोल हो। जसका कारण घलले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए।

About The Author

Loading...

अन्य समाचारहरु: