Thu. Jun 30th, 2022

बागमती प्रदेशको बजेट आज सार्वजनिक हुने

हेटौंडा – आज अपराह्न ४ बजे बस्ने प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेको हो ।

गत जेठ १६ गते नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले आगामी आवको लागि ६७ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

चालु आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आवमा १० अर्ब बढाएर बजेट ल्याउने तयारी गरेको हो ।

आज सात वटै प्रदेशमा आगामी आवको बजेट सार्वजनिक हुने भएको छ । संविधानतः संघीय सरकारले जेठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेको हो ।

Loading...