Tue. Mar 19th, 2024

नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब २२ करोड


धादिङ : धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख दिपक विश्वकर्माले १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाको बजेट विनियोजन गरेका छन् । चालु खर्च तर्फ ७६ करोड ७९ लाख ६ हजार र पूजिगततर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गरेका हुन् ।


नगरसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।


आर्थिक क्षेत्रमा ८ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । ‘कृषिमा सीप, प्रविधि र पुजिसहितको आत्मनिर्भर, किसानका लागि स्थानीय सरकार’ भन्ने नाराका साथ कृषि क्षेत्रमा प्रवद्र्धनका लागि ५ करोड २९ लाख विनियोजन गरिएको छ । ‘एक वडा एक उत्पादन, उत्पादनमा आधारित अनुदान’ नारासहित प्रत्येक वडामा कृषिजन्य तथा दुग्धजन्य उत्पादनको प्रवद्र्धन कार्यक्रम ल्याइने उपप्रमुख विश्वकर्माले बताए । उद्योग तथा लघु विकासका लागि १ करोड ४७ लाख छुट्टाइएको छ ।


नगरपालिकाको वडा नं ८ मा औद्योगिक ग्राम निर्माण गर्ने कार्यलाई निरन्तरता दिने बताइएको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख विनियोजन गरिएको छ ।


सामाजिक विकास तर्फ ५२ करोड ४६ लाख विनियोजन गरिएको छ ।पूर्वाधार विकास अन्र्तगत आगामी पाँचवर्षसम्म वडा कार्यलयसम्म पुग्ने सडक कालोपत्रे गरिने गरि ३० करोड ३७ लाख बजेट विनियोजन गरिएको बताइएको छ । बजेट प्रस्तुत गर्नुपूर्व नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


About The Author

Loading...

अन्य समाचारहरु: