Fri. Mar 29th, 2024

भुकम्पले क्षतबिक्षत अफगानिस्तानमा हैजाको त्रास

अफगानिस्तानमा आएको भूकम्पमा बाँचेकाहरुलाई खाना र आश्रय स्थलको अभाव भएको छ। बुधबार आएको ६ दशमलव १ म्याग्नीच्यूटको भूकम्पपछि अफगानिस्तानमा हैजा प्रकोपको भय समेत रहेको बिबिसीले जनाएको छ।

अफगानिस्चानमा दुई दशकमा सबैभन्दा घातक भूकम्प अहिले आएको जनाइएको छ। भूकम्पले अफगानिस्तानको पाकतिका क्षेत्रमा सबैभन्दा हानी गरेको छ।

गाउँमा माटो र ढुंगाले बनेका सबैजसो घरहरु क्षतिग्रस्त भएका छन्। गाउँका सबैजसो परिवार आफ्ना आफन्त गुमाएको शोकमा छन्।

अहिले हजारौँ मानिसहरु छत बिहिन भएर बसेका छन्। आगा र उनका बाँचेका छोरा भत्किएको घरकै वरपर काठ र सानो त्रिपालको मुनी बसिरहेका छन्। उनीहरुको अवस्था घर पुन निर्माण गर्न सक्ने खालको छैन।

अहिले अफगानिस्तानमा अन्तराष्ट्रिय सहयता एजेन्सीहरुले क्षतिको मूल्यांकन गरिररहेका छन्। अफथातिस्तानमा अहिले ठूलो र विकासशील संकट परिरहेको छ, अफगानिस्तान पहिला नै गंभीर मानव अस्तित्वको अवस्थामा रहेको छ।

अफगानिस्तानमा सहयोग गरिरहेको संयुक्त राष्ट्रसंघले त्यहाँ हैजाको महामारी हुने खतरा रहेको जनाएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: