Tue. Mar 19th, 2024

शुक्रबार धादिङका आठ स्थानीय तहको नीति तथा कार्यक्रम सार्वजनिक

धादिङ– धादिङका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट शुक्रबार  सार्वजनिक गरेका छन् । केही स्थानीय तहले भने यसअघि नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् ।

असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था छ । शुक्रबार धुनिवेशी नगरपालिका, ज्वालामुखी, खनियावास, रुविभ्याली, गंगाजमुना, गजुरी, थांक्रे र सिद्धलेक गाउँपालिकाले निति तथा कार्यक्रम ल्याएको छ ।

बाँकी स्थानिय तहले असार महिना भित्र बजेट ल्याउने जनाएको छ। विगतमा कतिपय स्थानीय तहले समयमा बजेट नल्याएका कारण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मातहतका निकाय, नगरपालिका तथा गाउँपालिकासँग सम्बन्धित सङ्गठनले पनि स्थानीय तहहरूको ध्यानाकर्षण गराइसकेका छन् ।

समयमा बजेट नल्याए सङ्घीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजश्व बाँडफाँटमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिँदै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: