Fri. May 24th, 2024

डाक्टर फेल भएकाहरु अनशनमा, मौका परीक्षाको माग

काठमाडौ– एमवीवीएस र वीडीएस अध्ययनका क्रममा फेल भएका विद्यार्थीहरु मौका परीक्षा दिन पाउनुपर्ने माग गर्दै १६ दिनदेखि अनसनमा बसेका छन् ।

पुनः परीक्षा र मौका परीक्षा गराउने सम्बन्धमा स्वतन्त्र विद्यार्थी युनियन र चिकित्साशास्त्र अध्यन संस्थान महाराजगञ्जबीच भएको सहमति कार्यान्वयन गनुपर्ने लगायतका माग अघि सारेका छन् । उनीहरुले माग पुरा नभएसम्म अनसन नतोड्ने जनाएका छन् ।

विश्वविद्यालयको नियमअनुसार एमवीवीएस र वीडीएस अन्र्तगत पाँच बर्षे कोर्ष पुरा गर्नुपर्ने हुन्छ । यसअन्तर्गत पहिलो र दोस्रो वर्षमा पास नभए तेस्रो बर्षमा अध्ययन गर्न पाइँदैन ।

अनसनरत विद्यार्थीहरुको आन्दोलनलाई नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ र चिकित्सा शिक्षा संघर्ष अभियानले समर्थन जनाएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: