Thu. Mar 28th, 2024

धादिङको खनियाबासमा पेस्तोल सहित २ जना पक्राउ

काठमाडौ – धादिङको खनियाबास गाउँपालिका वडा नं।२ अक्थलीमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । स्थानीय पशुराम तामाङको घरमा डेरामा लिई बस्ने झार्लाङका २५ वर्षिय सुनिल तामाङ र अविनाश तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेका छन् भन्ने गोप्य सुचना प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले सुनिल तामाङ र अविनाश तामाङको उक्त डेरा कोठा खानतलासी गर्दा म्याग्जिन सहितको पेस्तोल थान १ एक‚ खुकुरी थान १ एक र मोबाईल सेट थान ३ तिन फेला पारी बरामद गरी उनीहरुलाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: