Tue. Mar 19th, 2024

वामदेव गौतमले घोषणा गरे नयाँ दल

काठमाडौँ — नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरेका हुन् ।

भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट घोषणा गरिएको ६९ सदस्यीय उक्त दलको सचिवमा डिबी कार्की रहेका छन् ।

एकता राष्ट्रिय अभियान प्रचार संयोजक निमकान्त पाण्डेका अनुसार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो ।

उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेता गौतमले यसअघि नै नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।

तत्कालीन नेकपा विघटन भएपछि गौतम नेकपा एमालेमा आवद्ध थिए । एमालेबाट राजीनामा दिएर गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । सोही अभियानको विस्तारित रुपमा हाल पार्टी घोषणा भएको गौतमका स्वकीय सचिव दीपक टमाटाले जानकारी दिए ।वामदेवले एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्दै

About The Author

Loading...

अन्य समाचारहरु: