Tue. Mar 19th, 2024

पहिरोले धादिङसहित १२ जिल्लामा सडक अवरुद्ध

धादिङ – अविरल वर्षासँगै आएको पहिरोका कारण १२ जिल्लामा सडक अवरुद्ध भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी पूर्व, धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सिन्धुली, गोलन्जोर गाउँपालिका–५ सोलाभन्ज्याङस्थित बीपी राजमार्गमा सडक अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ अकरे भिरस्थित सडकमा बुधबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ ।

त्यस्तै दार्चुलाको शैल्यशिखर नगरपालका–९ नक्तडीमा गोकुलेश्वर–दार्चुला सडक अवरुद्ध भएको छ । मोरङको लेटाङ नगरपालिका–३ फायर लाइनस्थित लेटाङ कानेपोखरी सडकमा रुख लडेर सडक अवरोध भएको छ ।

बागलुङको गल्कोट नगरपालिका –७ आगाखेतमा सडक अवरुद्ध भएको छ । मंगलबार राति पहिरो गएर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: