Sun. May 19th, 2024

चितवनका मात्रै ५० हजार घर बाढीको जोखिममा

चितवनमा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्यांक सार्वजनिक गरेको हो।   

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना परामर्शदाता बलराम लुइँटेलका अनुसार जिल्लाका सात पालिकाका दुई लाखभन्दा बढी नागरिक बर्सातका कारण प्रभावित बन्ने छन्। बाढीबाट भरतपुर महानगरपालिका बढी प्रभावित हुने देखिएको छ। भरतपुर महानगरपालिकामा ३० हजार परिवार प्रभावित बन्ने अवस्था रहेको उनले बताए।

यस्तै, माडी नगरपालिकाका चार हजार ५०० परिवार, रत्ननगरका पाँच हजार, कालिका नगरपालिकाका एक हजार ५०, खैरहनी नगरपालिकाका ३२० र राप्ती नगरपालिकाका ११ परिवार प्रभावित हुने अवस्था छ। 

यसैगरी, पहिरोका कारण भरतपुर महानगरपालिकाका ३००, कालिकाका १००, राप्तीका २०० तथा इच्छाकामना गाउँपालिकाका १२५ परिवार प्रभावित बन्ने अवस्था रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।     

About The Author

Loading...

अन्य समाचारहरु: