Sun. May 19th, 2024

साझा यातायातले सञ्चालनमा ल्यायो तीनवटा विद्युतीय बस

काठमाडौं – उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् ।

बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले सेवा थालेका हुन् ।

साझा यातायातका अनुसार यी बिजुली बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ ।

अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्नेछ ।

यस्तै बाँकी ३७ वटा बस पनि आगामी दिनमा आउने यातायातका अध्यक्ष कनकमणि दिक्षितले जानकारी दिए ।

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बस अपांगमैत्री छन् । साथै बसमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा पनि जडित छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: