Tue. Jul 16th, 2024

दुई परीक्षार्थीको एउटै सिम्बोल नम्बर !

काठमाडौँ  – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निमावि तहको परीक्षामा एउटै रोलनम्बरबाट दुई जनाले परीक्षा दिएका छन् ।

पश्चिमाञ्चल विकास क्षेत्रको बुटबलबाट निमावि तहमा खुला र महिला कोटाबाट परीक्षा दिएका आकृति पाण्डे र गीता अर्यालको एउटै नम्बरबाट परीक्षा लिएको पाइएको हो ।

दुवै परीक्षार्थीले परीक्षा सकि सकेपछि मात्र एउटै रोलनम्बर भएको जानकारी पाएका थिए । निमाविको हकमा पाण्डे र अर्याल दुवै जनाले ११२०२०२७३ रोल नम्बरबाट परीक्षा दिएका हुन् । शिक्षक सेवा आयोगले एउटै नम्बर दिएपछि परीक्षाथीसमेत अन्योलमा परेको छ ।

दुवै परीक्षार्थीको तह, एउटै समूह र एउटै विज्ञापन नम्बर रहेको छ । नयाँ पत्रिकाबाट

About The Author

Loading...

अन्य समाचारहरु: