Fri. Jul 19th, 2024

दुई छोरीको हत्या भएको ६ महिनापछि बाबुको पनि हत्या

धादिङ – दुई नाबालिका छोरीहरुको हत्या भएको ६ महिना पछि धादिङको कटुञ्जेमा बाबुको समेत हत्या भएको छ ।

कटुञ्जे गाविस बडा नम्बर ७ स्थित विश्वकर्मा टोलका ३२ वर्षीय चन्द्रबहादुर विश्वकर्माको अपरिचित समुहले आइतबार दिउसो आफ्नै घरभित्र सुतिरहेको अवस्थामा घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घटनापछि हत्यामा संलग्नहरु फरार भएका र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक चन्द्रबहादुरको ७ वर्षिया एलिना र ५ वर्षिया रंजीताको गत पुस ७ गते स्थानीय नरबहादुर गुरुङले विष खुवाएर हत्या गरेको थिए । उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन् । प्रहरीले चन्द्रबहादुरको भने हत्या कसले गरेको हो भन्नेबारे खुल्न नसकेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: