धादिङ– त्रिभुवन राजपथ अन्तरगत नौविसे–नागढुङ्गा सडक खण्डमा लामो जाम लागेको छ । जाम लागेकोले करिब १० किलोमीटर दुरी पार गर्न यात्रुहरू ३ घण्टासम्म जाममा बस्नु परेको छ ।
खानीखोला प्रहरीका अनुसार सुरुङमार्ग निर्माण नजिकै ट्रक बिग्रीएको र बिग्रीएको ट्रक बाटोमै छोडेर चालक भगेर बसेकोले जाम बढिरहेको हो । अहिले पनि नौविसे–नागढुङगा सडक खण्डको जामले पृथ्वी राजमार्गसम्म नै असर पुगेको छ ।
सडकमा हिलो र खाल्डोखुल्डीले पनि अवरोध आइरहेको इलाका प्रहरी कार्यालय खानिखोलाले बताएको छ । बैकल्पिक राजमार्ग रूपमा रहेको धार्के-सितापाईला सडकलाई सरकारले चासो नदिदा नागरिकले दुःख पाएका छन्।