Thu. Mar 28th, 2024

टानको अध्यक्षमा धादिङका सापकोटाको दावी

धादिङ– ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको आशन्न निर्वाचनमा धादिङका कमल सापकोटाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

धादिङ घरभई काठमाडौंमा रहेर पर्यटन व्यवसाय गर्दै आएका  सापकोटाले साउन ३० गते हुन लागेको टानको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।

सालिन भद्र र सफल पर्यटन व्यवसायीका रुपमा चिनियएका सापकोटाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सापकोटाले आफ्नो सामाजिक सञ्जाल मार्फत बेटर टान बनाउन मेहनत गर्ने प्रतिवद्धता सहित अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, पर्यटन वर्ष पुरुष २०१७ को अवार्ड जस्ता महत्वपूर्ण सम्मान पाएका सापकोटा गाउँ पर्यटन मञ्च (भिटोफ) नेपालको पूर्व अध्यक्ष समेत हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: