Tue. Oct 8th, 2024

रेडक्रसको नवीकरण रोकियो

redcruss
२९ असार, काठमाडौं -विभिन्न देश तथा दातृ निकायबाट प्राप्त वैदेशिक सहयोग पारदर्शी नभएको भन्दै सरकारले नेपाल रेडक्रस सोसाइटीको नवीकरण रोकेको छ ।

रेडक्रसले हालसम्म कुनै पनि वैदेशिक सहायता लिनुअघि समाजकल्याण परिषद्बाट स्वीकृति नलिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो निर्णय गरेको  छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक वैदेशिक सहायता रकम तथा अन्य सामग्री पारदर्शी बनाउन र समाज कल्याण ऐनले तोकेको मापदण्ड पूरा गर्न निर्देशन दिँदा पनि अटेर गरेपछि संस्था नवीकरण नै रोकिएको हो ।राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: