Fri. May 24th, 2024

प्लास्टिकका फुलमा पनि सरकारको प्रतिबन्ध

सरकारले प्लास्टिकका फूलगुच्छामा पनि प्रतिबन्ध लगाएको छ ।

यसअघि ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री र प्रयोगमा रोक लगाएको सरकारले थप अर्काे निर्णय गरेको हो । योसँगै अब मुलुकभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्ण रूपमा रोक लागेको छ ।

प्लास्टिकका फूलगुच्छा उत्पादन र प्रयोग भएको पाइएमा वातावरण संरक्षण ऐनअनुसार कारबाही गरिने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिए ।

वातावरण संरक्षण ऐन ०७६ को दफा १५ (६) मा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने पदार्थ, इन्धन, औजार वा उपकरणको उत्पादन, आयात, बिक्री–वितरण वा भण्डारणमा रोक लगाउन सकिने व्यवस्था छ । सोहीअनुसार वन तथा वातावरण मन्त्रालयले १२ साउनमा राजपत्रमा सूचना प्रकाशित गरेर फूलगुच्छामा प्रतिबन्ध लगाएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: