Sat. Feb 8th, 2025

बैंकका कर्मचारीहरू चढेकाे माइक्राे दुर्घटना, अधिकांश घाइते धादिङका

धादिङ– नारायणगढ मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ भाेर्लेमा साेमबार दिउँसाे माइक्राे बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेकाे बा ३ ख ८५८८ नम्बरकाे माइक्राेबस सडकबाट ३० मिटर तल खसेकाे चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डिएसपी रविन विष्टका अनुसार बाँसकाे झ्याङमा अड्केका कारण माइक्रो त्रिशुली नदीमा पुग्नबाट जाेगिएकाे हो । बसमा मुक्तिनाथ विकास बैंकका कर्मचारी चढेर धादिङतर्फ आउदै थिए ।

घाइतेमध्ये एकजनाकाे अवस्था गम्भीर छ । सातजनाकाे अवस्था मध्यम र अरूकाे सामान्य रहेकाे छ । घाइतेहरूकाे भरतपुरमा रहेकाे चितवन मेडिकल कलेजकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । बस आफै अनियन्त्रित भएर सडकबाट खसेकाे डिएसपी विष्टले बताए ।

नयाँ मेडिकल कलेजमा उपचार भएका घाईतेहरु
१) जि.धादिङ गल्छी गा.पा १ बस्ने बर्ष २६ को सरोज खतिवडा अवस्था मध्यम 
२) जि.धादिङ् निलकण्ठ न.पा १ बस्ने बर्ष २६ कि प्रमिला भट्ट अवस्था मध्यम
३) ऐ.ऐ बस्ने बर्ष ३९ को टिकाराम श्रेष्ठ अवस्था मध्यम  ।
४) जि.धादिङ्  थाक्रे गा.पा ९ बस्ने बर्ष २८ कि दिपा रेग्मी अधिकारी अवस्था गम्भिर ।
५) जि.नुवाकोट लिखु गा.पा २ बस्ने बर्ष २९ को सुवास नेपाल अवस्था मध्यम ।
६) चालक जि.दोलखा सैलुङ् गा.पा ६ बस्ने बर्ष ३९ को धर्म ब.खड्का अवस्था सामान्य ।
७) जि.धादिङ् गल्छी गा.पा ४ बस्ने बर्ष २९ को प्रकाश अधिकारी अवस्था सामान्य ।
८) जि.नुवाकोट बिदुर न.पा बर्ष २६ कि सनिसा अधिकारी अवस्था मध्यम ।
९) जि.नुवाकोट बिदुर न.पा ६ बस्ने बर्ष २६ को जिवन कुमाल सामान्य ।
१०) जि.ललितपुर बागमती गा.पा ५ बस्ने बर्ष २६ को विकास संजेल अवस्था सामान्य ।
११) जि.धादिङ् निलकण्ठ न.पा बस्ने बर्ष २५ कि रोजिना श्रेष्ठ अवस्था मध्यम ।
१२) ऐ.गल्छी गा.पा ४ बस्ने बर्ष २७ को मनोज भण्डारी अवस्था सामान्य ।
१३) ऐ.धुनिबेशी न.पा ६ बस्ने बर्ष २३ को सुजन आचार्य अवस्था सामान्य ।
१४) ऐ.ऐ बस्ने बर्ष २४ कि सोस्तिका आचार्य अवस्था सामान्य ।
१५ ) सहचालक जि.मकवानपुर कैलाश गा.पा २ बस्ने बर्ष २७ को सरोज मोक्तान अवस्था सामान्य ।
१६ )जि.नुवाकोट ककनि ८ बस्ने बर्ष २५ को उपेन्द्र भण्डारी अवस्था सामान्य ।
१७) जि.नवलपुर बुलिनटार गा.पा ५ बस्ने बर्ष ६ कि एन्जल कुमाल अवस्था सामान्य ।
१८) जि.धादिङ् निलकण्ठ न.पा ३ बस्ने बर्ष २८ कि सावित्रि सापकोटा अवस्था मध्यम ।

About The Author

अन्य समाचारहरु: