Sat. Oct 12th, 2024

भानुभक्तलाई सम्झियो भानु प्रतिष्ठान धादिङले

bhanu bakta
२९ असार,  धादिङ  – आदिकवि भानुभक्त आचार्यको २ सय २ औँ जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

भानु जयन्तीको अवसरमा मंगलबार धादिङबेसी सदरमुकाम स्थित भानुपार्कमामा रहेको भानुभक्तको तस्विरमा माल्यामण कार्यक्रम गरिएको छ । भानु प्रतिष्ठान धादिङको आयोजनामा भएको कार्यक्रममा धादिङका विभिन्न साहित्यिक व्यक्तिहरु, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

तनहुँको चुँदी रम्घा गाउँमा विसं १८७१ असार २९ मा जन्म भई वि सं १९२५ असोज ६ मा दिवङ्गत भानुभक्तले आध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा, साहित्यमा पुर्‍याएको योगदानका कारण आचार्यलाई नेपाली साहित्यका आदिकविका रूपमा मान्ने गरिएको छ । भानुभक्तको ‘प्रश्नोत्तर’ ९विसं १९१००, ‘भक्तमाला’ ९विसं १९१००, ‘वधूशिक्षा’ ९विसं १९१९०, रामगीता ९१९२५० जस्ता काव्यसङ्ग्रह तथा अन्य फुटकर कविता प्रकाशन छन् ।

पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा जन्मिएका उनले हजुरबा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे ।

About The Author

अन्य समाचारहरु: