धादिङ – सहयात्री समाज नेपाल धादिङको साझेदारीमा संचालन भएको स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको बारेमा धादिङका सरोकारवाला निकायबीच छलफाल गरिएको छ । नेपाल सरकार संघिय मामिला स्थानिय विकास मन्त्रालय र स्थानीय शासन उत्तरदायी संयन्त्रसँगको साझेदारीमा गरेको कामको जानकारी गराइएको हो ।
कार्यक्रममा ६ महिनामा गरेको कामको जानकारीका साथै स्थानीय निकायको शुशासनको व्यवस्था सम्बन्धी गरिएको आधारभूत सर्वेक्षणका बारेमा पनि छलफल गरिएको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिनुभएको छ ।
संस्थाले जिल्लाको ९ वटा गाविसहरु र जिविस र नीलकण्ठ नगरपालिकामा काम गरिरहेको छ । सार्वजनिक सुनुवाई, वडा नागरिक भेला लगायतका कार्यहरु गरिरहेको संस्थाले जानकारी दिएको छ । कार्यक्रममा विभिन्न सरकारी कार्यलयका प्रमुख, राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।