धादिङ – वातावरण दिवसको अवसर पारेर धादिङको नीलकण्ठ नगरपालिका ८ मा रहेको कमेरेपाखा सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
जब मान्छे सुध्रिन्छ आफै भित्र, तव मात्र बन्छ वातावरण पवित्र, पवित्र वातावरणका लागि वन जंगल जागाऔँ, वन जंगल जोगाउन डढेलो र चरिचरनलाई रोकौँ भन्ने नाराका साथ जिल्ला वन कार्यलय धादिङको सहयोगमा वृक्षरोपण गरिएको हो ।
जिल्ला वन कार्यलय धादिङका प्रमुख राजेन्द्रमान सिंह भण्डारीले मंगलबार चाँपको विरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।
जिल्लामा नमुना पार्कको रुपमा परिचित गराउनका लागि चाप लप्सी, कपुर, बकाइनो, खयर तेजपत्ता लगायतका ११ सय विरुवा रोपिएको वनका अध्यक्ष विष्णु बानियाले जानकारी दिनुभयो ।