Fri. May 24th, 2024

वैकल्पिक बाटो खोजेर धादिङमा विद्युत सुचारु गराउदै प्राधिकरण

धादिङ– नेपाल विद्युत प्राधिकरणले धादिङमा विद्युत सुचारु गराउन वैकल्पिक खाटोको खोजी गरेको छ । जरे शव स्टेशनको ११ केभी, आखुखोला र धादिङबेसी शवस्टेशन मिलाएर अहिले धादिङबेसी र आसपासमा विद्युत सेवा सुचारु गरिएको छ ।

३३ केभी प्रशारण लाइन मर्मत नहुन्जेल अस्थाई व्यवस्थापन गरिएको धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । सानो क्षमता र टाढाको दुरीबाट अस्थाई रुपमा विद्युत जोडिएपनि छिटो समस्या आउन सक्ने उनले बताए । ‘जरेको ११ केभी लाइन गजुरी फिडरसँग धादिङबेसी शवस्टेशन हुँदै  आखुखोला शव स्टेशनबाट अहिलेलाई अस्थाई व्यवस्था गरिएको छ’, न्यौपालेले भने–‘ढुक्क हुने अवस्था रहँदैन, यसरी जोड्दा छिटो फल्ट आउने संभावना बढी हुन्छ ।’ सदरमुकाम बाहेक जिल्लाका अन्यत्र पनि वैकल्पिक बाटो खोजी भैरहेको उनले बताए ।

देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइनमा पहिरोले पोल र तारमा क्षति पुगेकोले धादिङका अधिकांश ठाउँका विद्युत सेवा अझै अवरुद्ध छ ।

विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएको छ । १० वटा विद्युत पोलमा क्षति पुगेको छ । तारहरु चुडेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: