Thu. Oct 10th, 2024

धादिङमा सोमबार २३ जनामा कोरोना संक्रमण

धादिङ– धादिङमा सोमबार २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४८ जनामा गरिएको एण्टिजेन परिक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो संख्या आइतबारको भन्दा ६ जना बढी हो ।

कोरोना संक्रमण पुष्टी हुनेमा धुनिबेसी नगरपालिकामा ५, गल्छी गाउँपालिकामा १, ज्वालामुखी गाउँपालिकामा ७, त्रिपुरासुन्दरी गाउँपालिकामा ५, गंगाजमुना गाउँपालिकामा २ र धादिङ्ग हस्पिटलमा ३ गरि जिल्लामा आज २३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

यो सँगै धादिङमा सक्रिय कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । यस्तै ८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

About The Author

अन्य समाचारहरु: