Thu. Mar 28th, 2024

नयाँ वर्षको बजेट ८ खर्ब ८ अर्ब १९ करोड

Ramsaran-mahar-Presenting-Budgut
२९ असार, काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि ८ खर्ब ८ अर्ब १९ करोडको बजेट पारित गरेको छ ।

मन्त्रिपरिषदबाट पारित भएको बजेट वक्तव्य केहीबेरमा अर्थमन्त्रीले व्यवस्थापिका संसदको बैठकमा प्रस्तु गर्दैछन् ।
सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई दिँदै आएको १ करोड रुपैयाँ आगामी आर्थिक वर्षदेखि बढाउने निर्णय गरेको छ । त्यस्तै प्रत्येक सभासदले पाउने १५ लाख रुपैयाँको सिलिङ समेत बढाइएको छ ।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले तयार पारेको बजेट मन्त्रिपरिषदको बैठकले भर्खरै पारित गरेको छ ।
सभासदहरुले निर्वाचन क्षत्रेका लागि पाँच करोड माग्दै आएकोमा १ करोड ५० लाख रुपैयाँ पाउने भएका छन् । चालु आर्थिक वर्षमा उनीहरुले १ करोड पाएका थिए । त्यस्तै प्रत्येक सांसदले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ निर्वाचन क्षेत्र विकासका लागि पाउँदै आएकोमा अब पाँच लाख थपेर २० लाख पाउने भएका छन् ।

सरकारले तयार पारेको बजेट विगतको भन्दा ठूलो आकारको भए पनि साधारणतर्फको खर्च अधीक छुट्याइएको छ । साधारण तर्फको खर्च ४ खर्ब ८४ अर्ब २६ करोड छुट्याइएको छ । यो रकम भनेको ५९.९२ प्रतिशत हो । विकासतर्फ २ खर्ब ८ अर्ब ८७ रुपैयाँ छुट्याइएको छ । यो रकम भनेको कुल बजेटको २५.८४ प्रतिशत हो । १४.२४ प्रतिशत वित्तीय व्यवस्थापन खर्च छुट्याइएको छ ।

सरकारले पुनर्निमाणलाई दोस्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा शिक्षालाई राखिएको छ, जसमा १ खर्ब बजेट छुट्याइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: