Sat. Jun 14th, 2025

पृथ्वीराजमार्गबाट गाँजासहित एक जना पक्राउ

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका- ५  घाटबेशीबाट प्रहरीले लागू औषध गाँजा बरामद गरेको छ ।

चेकजाँच गर्ने क्रममा प्रहरीले बिहिवार दिउँसो २६४ किलो ८३७ ग्राम गाँजा बरामद गरेको हो । ट्रकमा लोड भएको बोरा र ट्रक बाहिर भुईमा लोड गर्न राखिएको बोराहरुमा रहेको सामान चेकजाँच गर्दा बोराहरु भित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिए ।

ग १ ख ९६५४ नम्बरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको प्रहरीले जनाएको छ । ट्रक नजिकैबाट बा ३७ प ७९०७ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।

गाँजासहित धादिङ गजुरी गाउँपालिका वडा नं. ७ पेटारे बस्ने ३६ बर्सिय बुद्दिमान तामाङलाई पक्राउ गरिएको छ ।

About The Author

अन्य समाचारहरु: