
धादिङ– सदरमुकाम धादिङबेसीस्थित शान्तबजार स्कार्पियो जीपको ठक्करले घरको पिल्लर भाँचिएको छ । ठक्करबाट एक जना बालक घाइते भएका छन् ।

बागमती प्रदेश ०१–२६ च १०६३ नम्बरको स्करपियोले बाटोमा हिडिरहेका बालकलाई ठक्कर दिएर घरको पिल्लरमा ठोकिन पुगेको हो । घाईते हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने विष्णुकमार श्रेष्ठका ११ वर्षिय छोरा मनिष श्रेष्ठ रहेका छन् ।
घाइते बालकको टाउकोमा चोट लागेको छ । जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचारपछि काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रमेश थापाले जानकारी दिए । ठक्कर दिने स्करपियो र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।