Fri. Mar 29th, 2024

सेयर बजारमा सामान्य वृद्धि, कारोबार १ अर्ब २५ करोडमा झर्‍यो

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३।७६ अंक ९०।१९ प्रतिशत० ले वृद्धि भएर बन्द भएको छ ।

नेप्से सँगै अधिकाम्स उपसूचमा सुधार हुँदा बैंकिङ र लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको छ । त्यस्तै लगानी उपसूचक ०।५८ प्रतिशतले गिरावट हुँदा म्युचुअल फण्ड उपसूचक १।१२ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सुधार भएपनि कारोबार रकम भने सवा एक अर्बमा सीमित भएको छ । सोमबार ३४ लाख ४० हजार ९०० कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार भएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार घटेको हो ।

सोमबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ११ करोड २५ लाख ७७ हजारको सेयर किनबेच भएको छ । यस्तै अरुण कावेली पावरको ५ करोड ५५ हजारको कारोबार भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: