धादिङ– हिन्दु नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले शुभकामना सन्देश पठाएका छन् ।
हिन्दु धर्मावलम्बी नेपाली महिलाहरुले हरितालिका तीजलाई एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउन आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले शुभकामना सन्देश पठाएका हुन् । ‘स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा तथा दिदी बहिनीहरूमा पारिवारिक खुशी, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, पाण्डेले भनेका छन्– ‘यो पर्व मनाउँदा मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी मनाउनु हुनेछ भन्ने आशा समेत गर्दछु ।’
हिन्दु धर्मावलम्बी महिलाहरुले मात्र नभई अन्य समुदायका नेपाली महिलाहरुले तीज पर्वलाई उल्लासमय साझा पर्वको रुपमा मनाउने कार्य हुँदै आएको पनि सन्देशमा उल्लेख गरेका छन् । सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको विश्वास व्यक्त गरेका छन् ।
समय परिवर्तन सँगै हरितालिका तीज पर्वलाई मनाउने शैली परिवर्तन भैँरहँदा यस पर्वको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको समय अवधि, भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको पनि मुख्यमन्त्री पाण्डेको शुभकामना सन्देशमा उल्लेख छ ।