
धादिङ– वर्षात कारण माथिबाट पहिरो खस्दा नारायणगट मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
केराबारीमा राती साढे २ बजे माथिबाट झरेको पहिरोले दुईतर्फी सडक बन्द भएको हो । बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेको छ ।
त्यस स्थानमा पटक पटक लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन् । अहिले सवारी साधनको लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।