धादिङ– ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)का नवनिर्वाचित महासचिव बिनोद सापकोटाले पदभार ग्रहण गरेका छन् । साउन ३० मा सुरु भएर भदौ पहिलो सात सम्पन्न अधिवेशनबाट महासचिवमा निर्वाचित धादिङ नीलकण्ठ नगरपालिका-१२ का सापकोटाले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।
निलकण्ठ नगरपालिका-१२ साङ्कोष निवासी सापकोटा अहिलेसम्म कै सबै भन्दा कान्छो महासचिव हुन् । १७ बर्षको उमेरदेखि सापकोटा पर्यटन पेशामा आबद्द छन् । पर्यटनमा भरियाबाट पर्यटन व्यवसाय क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका सापकोटाले गाईड हुदै बिगत १६ बर्षदेखि नेपाल ट्रेक एडभेन्चर एण्ड एक्सपिडसनका सञ्चालक बनेका छन्।
सबैसंग व्यवसायिक र सामाजिक क्षेत्रमा हातेमालो गर्दै अगाडि बढेका सापकोटा ठमेलमा सबैका प्रीय पात्रका रुपमा चिनिन्छन् । पदयात्रा व्यवसायका जुझारु युवा सापकोटाले स्नातकसम्मको अध्ययन पुरा गरेका छन्।
पर्यटन र समाजसेवासँगै कला क्षेत्रमा पनि सक्रिय रहेका छन् । उनि ‘लभ डायरिज’का निर्माताको रूपमा समेत परिचित छन् । विश्व फिल्मि क्षेत्रमा नेपाललाई सुटिङ स्पोट हब र फिल्मी टुरिजम मार्फत नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ र यसले नेपालमा विदेशी मुद्रा आर्नजनमा उल्येखनीय योगदान पुर्याउने कुरामा आफु तल्लीन भएर लागिरहेको उनले बताए ।
लायन्स क्लव अफ नेपाल एभरेस्टका चार्टर मेम्बर सापकोटा किवानीज क्लव अफ निलकण्ठ, धादिङका प्रेसिडेन्ट समेत हुन् । २०७२ सालको विनाशकारी भुकम्पले भत्किएका ग्रामीण क्षेत्रका विद्यालयहरुको पुननिर्माणमा विशेष योगदान पुर्याएका उनले नेपालको पर्यटनको प्रचारप्रसार गर्दै भारत, लिथुनिया, लाटभिया, इस्थेनिया, इटाली, नर्वे, पोल्यान्ड, टर्कीलगायत युरोपका अधिकाँश देशहरुको भ्रमण गरेका छन्।
टानको अध्यक्षमा अत्याधिक बहुमतका साथ निलहरि बास्तोला निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा राम प्रसाद बन्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा, र कृष्ण बहादुर परियार निर्वाचित भएका छन् ।