Thu. Apr 18th, 2024

खेलमैदानको झगडामा सूर्यमानको ज्यान गयो

hatya-Murder_nawalparasi-nepal_17761

परासी – खेल मैदानको माटो निकाल्ने विषयमा दुई पक्षबीचको झगडाले उग्ररुप लिँदा विहीबार नवलपरासी देवगावँ–४ का ४५ वर्षीय सूर्यमन यादवको मृत्यु भएको छ ।

झगडाका क्रममा घटनामा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सोमबहादुर थापाले जानकारी दिए ।

तीमध्ये दुईको अवस्था गम्भीर छ । घटनामा संलग्न १४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए । घटनामा संलग्न दुबै पक्ष यादव थरका हुन् ।

गाविसको कार्यालयले ५० हजारको लागतमा खेलकुद मैदान निर्माण गरेको थियो । खेल मैदानबाट माटो ननिकाल्न सूर्यमनले अर्को पक्षलाई भनेपछि झगडा सुरु भएको थियो ।

दुई दपक्षबाट भएको इँट्टा हानाहानका क्रममा सूर्यमनको मृत्यु भएको प्रनाउन थापाले जानकारी दिए ।

घटनामा गम्भीर घाइतेमध्ये ६० वर्षीय दु्रपती यादव र प्रल्हाद यादवको अवस्तथा चिन्तानजनक छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्यको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अन्नपूर्णबाट

About The Author

Loading...

अन्य समाचारहरु: