Thu. Mar 20th, 2025

विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प

काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ । ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, धनगढी र नेपालगञ्ज विमानस्थलमा इन्धन आपूर्ति ७ दिनदेखि रोकेका हुन् ।

ट्यांकर व्यवसायीले निगमसँग गरेको करार सम्झौता र नेपाल सरकारले ताकेको अत्यावश्यक सेवा अन्तर्गत पनि इन्धन आपूर्ति रोक्न पाइन्न । तर, इन्धनको आपूर्ति रोकेका ट्यांकर व्यवसायीलाई कारबाही गर्नुको साटो उल्टै निगमले भने हवाई सेवा प्रदायकलाई हवाई इन्धन दिन नसक्ने सूचना जारी गरेको छ

निगमको धनगढी र नेपालगञ्ज डिपोले सबै हवाई इन्धन सेवा प्रदायकलाई अत्यावश्यकता बाहेक इन्धन दिन नसकिने भन्दै काठमाडौंबाटै हवाई इन्धन भरेर उडान गर्न पत्राचार गरेको छ । निगमको यस्तो व्यवहारले आफूहरु मार्कामा परेको आन्तरिक हवाई उडान कम्पनीहरुले जनाएका छन् ।

निगमको धनगढी डिपोकाअनुसार आफूहरुसँग इन्धनको मौज्दात सकिएको र थप इन्धन पनि उपलब्ध नभएपछि विमान सेवा प्रदायकलाई यस्तो सूचना जारी गर्नु परेको जनाएको छ ।

About The Author

अन्य समाचारहरु: