Sun. May 19th, 2024

सेवा निवृत्त हुँदै २२०९ जना निजामती कर्मचारी

काठमाडौं– यस वर्ष २२ सयभन्दा बढी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउँदैछन् । राष्ट्रिय किताबखानाका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० मा राजपत्रांकित विशिष्ट श्रेणीको सचिवदेखि श्रेणीविहीन कार्यालय सहयोगीसम्मका २ हजार २०९ जना कर्मचारीले अनिवार्य अवकाश पाउनेछन् ।

किताबखानाको विवरणअनुसार भदौ २४ भित्र ३ जना राजपत्रांकित विशिष्ट श्रेणीका सचिव, १२ जना राजपत्रांकित प्रथम श्रेणीका सचिवसहित ४१० जना निजामती कर्मचारीले अनिवार्य अवकाश पाइसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लक्ष्मण अर्याल, महालेखापरीक्षक कार्यालयका सचिव रामुप्रसाद डोटेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले राजपत्रांकित विशिष्ट श्रेणीको सचिवबाट अनिवार्य अवकाश पाइसकेका छन् ।
अब ४ जना सचिव अनिवार्य अवकाश पाउने लाइनमा छन् । ४३ जना सहसचिव चालू आर्थिक वर्षमा सेवा निवृत्त हुनेछन् । जसमध्ये १३ जनाले अवकाश पाइसकेको किताबखानाले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: