Sun. Sep 25th, 2022

शनिबार धादिङमा तीन जनामा कोरोना संक्रमण पुष्टि

धादिङ- धादिङमा शनिबार ३ जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाभर २० जनामा गरिएको एन्टिजेन परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जिल्लाभर सक्रिय संक्रमितको संख्या ७६ पुगेको छ ।

देशभर थप १६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

३७४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । १७१८ जनाको पिसिआरबाट ११२ र २०२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर २४३० जना सक्रिय संक्रमित छन् । १३० जना संक्रमित निको समेत भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

Loading...