Sun. May 19th, 2024

नेपाल मगर विद्यार्थी संघमा नयाँ नेतृत्व

धादिङ– नेपाल मगर विद्यार्थी संघ धादिङको अध्यक्षमा राजु पुलामी मगर चयन भएका छन् । संघको शनिबार सम्पन्न छैटौं जिल्ला अधिवेशनले पुलामी मगरको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको हो ।

उपाध्यक्षमा सन्तोष थापा मगर, सचिवमा अनु थापा मगर, सहसचिवमा सृष्टि थापा मगर र कोषाध्यक्षमा धन बहादुर आले मगर चयन भएका छन् । कार्यक्रममा नेपाल मगर संघ धादिङका अध्यक्ष अमृता रेशमी मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव गणेश राना मगरलगायत सहभागी थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: