Tue. Apr 16th, 2024

नारी विकास बचत तथा ऋण सहकारीको नाफा १४ लाख

धादिङ– नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङले यो वर्ष १४ लाख बराबर नाफा कमाएको छ । पशुपालन, पसल व्यवसाय, दुध डेरी लगायतमा लगानी गर्दै आएको सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा मात्रै १४ लाख नाफा कमाउन सफल भएको हो ।

शनिबार धादिङबेसीमा सम्पन्न सहकारीको १६औं वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै सचिव प्रमिला घिमिरेले गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ऋण लगानी गरेको जानकारी दिइन् । ११ सय ८६ जना शेयर सदस्य रहेको नारी विकास सहकारीले नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम मार्फत पनि सहुलियत व्यजदरमा ऋण लगानी गर्दै आएको छ ।

सहुलियत कर्जासहित विभिन्न शीर्षकमा ऋण लगानी गरिरहेको सहकारीकी अध्यक्ष भगवती उप्रेतीले बताइन् । गत आर्थिक वर्षमा सहकारीले ४ करोड ३९ लाख बचत संकलन गरेको पनि उप्रेतीले जानकारी दिइन् ।

About The Author

Loading...

अन्य समाचारहरु: