Sun. Sep 25th, 2022

अब बैंकहरु आफैले ब्याजदर तोक्ने

काठमाडौ – आगामी असोज १ गतेदेखि बैंकहरुले आफैले ब्याजदर तोक्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबारको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाड्ने निर्णय गरेको हो ।

वाणिज्य बैंकहरुको ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाडिदिने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माले जानकारी दिए । यसअघि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गर्दै ब्याजदर तोक्ने गरेका थिए ।

करिब ७ महिनादेखि संघको निर्णयमा मात्र ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले अब आफूखुशी ब्याजदर तोक्न पाउने भएपछि हालको ब्याजदरमा केही प्रतिशत बढ्न सक्ने देखिएको छ । यस्तो ब्याजदर कम्तिमा १ प्रतिशतदेखि १.५ प्रतिशतसम्मले बढ्न सक्ने माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले बताए ।

हाल वाणिज्य बैंकहरुबीचको भद्र सहमतिमा निक्षेपको ब्याजदर अधिकतम ११।०३ प्रतिशत कायम रहेको छ । तर, असोजका लागि ब्याजदर निर्धारणको स्वःनिर्णय बैंकहरुलाई नै दिने भएपनि कम्तिमा १।५ प्रतिशतले ब्याजदर बढ्न सक्ने देखिएको छ ।

Loading...