Mon. Oct 2nd, 2023

बैंकहरूको बचत खातामै ९.१३ प्रतिशत ब्याजदर, रेमिट खातामा १५ प्रतिशतसम्म

काठमाडौ – बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको सूचनामा बचत खातामै अधिकतम ९.१३ प्रतिशत, रेमिटेन्स खातामा अधिकतम १५.१३ प्रतिशतसम्म र मुद्दतीमा अधिकतम १२.१३ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले मुद्दतीमा अघिल्लो महिना दिएको अधिकतम ब्याजदरमा १० प्रतिशत बिन्दुले मात्र वृद्धि गर्न पाउने व्यवस्था छ।

यसअनुसार बैंकहरूले भदौमा मद्दतीमा अधिकतम ११.०३ प्रतिशत दिएकोमा १० प्रतिशत बिन्दुले बढाएर १२.१३ प्रतिशत पुर्‍याएका हुन्। बैंकहरूले रेमिटेन्स खातामा अधिकतम १५.१३ प्रतिशत पुर्‍याएका छन्।

रेमिट खातामा बैंकहरूले मुद्दती निक्षेपमाभन्दा न्यूनतम एक प्रतिशत बिन्दुले ब्याजदर थपेर दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ। अधिकतम सीमा नतोकिएको कारण बैंकहरूले थप ब्याजदर दिने तयारी गरेका हुन्।

रेमिट रकम भन्दै विभिन्न बैंकहरूमा पहिलेदेखि जम्मा भएको रकम राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राष्ट्र बैंकले स्वः घोषणालाई मात्र आधार लिन नपाउने व्यवस्था गरेको छ।

About The Author

Loading...

अन्य समाचारहरु: