Fri. May 16th, 2025

धादिङ कारागारमा सजाँय भोगिरहेका १४ जनाको कैद छुट

धादिङ – संविधान दिवसको अवसरमा धादिङ कारागारका १४ जना कैदीबन्दीले सजाय माफी पाएका छन् । विभिन्न कसुरमा कारागारमा सजाँय भुक्तान गरिरहेका १४ जना कैदिबन्दीहरुको सरकारले कैद मिनाहा गरिदिएको हो ।

संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधि संहिताबमोजिम उनीहरुको बाँकी कैद र सजाय सरकारले मिनाहा गरेको जिल्ला कारागार धादिङका प्रखुम नइन्द्र पौडेलले जानकारी दिए ।

कैद मिनाहा पाउनेहरु मध्य तीन जना महिला छन् । तीनै जना बहुविवाहमा सजाँय भुक्तान गरिरहेकाहरु हुन् । सजाय माफी पाउनेहरुमा बहुविवाहका सबैभन्दा धेरै सात जना छन् ।

कर्तव्य ज्यान मुद्धाका पाँच जना, सवारी ज्यान मुद्धाका तीन जना, बैदेशिक रोजगार कसुरका एक जना छन् । हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सजाय माफ गर्ने चलन छ ।

यी हुन् धादिङ कारागारबाट सजाँय माफी पाउनेहरु

रामशरण चेपाङ : कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग

बुद्धिराम चेपाङ : कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग

लक्ष्मण श्रेष्ठ : सवारी अंगभंग , सवारी ज्यान

रोशन रुवाली : बहु – विवाह

सुरेश श्रेष्ठ : बहु – विवाह

लक्ष्मी मगर : बहु – विवाह

भक्तबहादुर गुरुङ : बहु – विवाह

सरिता राइ : बहु – विवाह

हरी बहादुर गुरुङ : वैदेशिक रोजगार कसुर

राजकुमार परियार : कर्तव्य ज्यान

सन्तोष कुमार रेग्मी : बहु – विवाह

पार्वती रेग्मी : बहु – विवाह

सुरेश लामा : कर्तव्य ज्यान

दिनेश लामा : कर्तव्य ज्यान

About The Author

अन्य समाचारहरु: