
काठमाडौको स्वम्भुमा संचालित मनोमोहन मेमोरियल अस्पतालले सम्पत्ति कर नतिरेको भन्ने समाचारमा सत्यता नभएको अस्पतालले जनाएको छ ।
अस्पतालले सम्पत्तिकर नतिरेको र सोको लागि महानगरपालिकाबाट बारम्बार ताकेता भइरहेको भन्ने समाचारप्रति अस्पतालले विज्ञप्ती निकालेर आपत्ति जनाएको छ । ‘नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि.द्धारा संचालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले सम्पत्तिकर नतिरेको र सोको लागि महानगरपालिकाबाट बारम्बार ताकेता भइरहेको भन्ने समाचारप्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा भनिएको छ ।
अस्पताल प्रशासनले काठमाडौ महानगरपालिकालाई तिर्नु बुझाउनुपर्ने सम्पत्ति÷घर जग्गा कर सम्बन्धित वडा कार्यालय मार्फत प्रक्रिया पुरा गरी कर तिर्दै अघि बढिरहेको पनि स्पष्ट पारेको छ । शेयर सदस्य, सर्वसाधारण नागरिकहरु, अस्पतालका सेवाग्राही, शुभचिन्तकहरुलाई भ्रामक समाचारप्रति विश्वास नगर्न अस्पतालका प्रमुख कार्यकारी निर्देशक डाक्टर एन शर्माद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत आग्रह गरिएको छ । भ्रामक समाचार फैलाएर अस्पतालको इज्जतमाथी दाग लगाउने प्रयास नगर्न पनि अस्पतालले आग्रह गरेको छ ।